Logo

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आइपीओका लागि पायो ट्रिपल बी रेटिङ्ग, निष्काशन प्रक्रिया अघि बढ्यो

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आइपीओका लागि पायो ट्रिपल बी रेटिङ्ग, निष्काशन प्रक्रिया अघि बढ्यो



काठमाडौं । आई।एम।ई।लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशनका लागि ‘केयर एनपी ट्रिपल बी’ रेटिङ्ग प्राप्त गरेको छ ।

laxmi

रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।

कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक सेयर निष्काशनका लागि रेटिङ्ग गराएको हो । रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अव प्राथमिक सेयर निष्काशनको प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL