Logo

‘सफा हिमाल अभियान २०२१’ को समापन, कोकाकोलाले नेपालमै प्लास्टिक रिसाइकल गर्ने

‘सफा हिमाल अभियान २०२१’ को समापन, कोकाकोलाले नेपालमै प्लास्टिक रिसाइकल गर्ने



काठमाडौँ । एक भर्चुअल प्रेस सम्मेलनमा कोका–कोलाले नेपालमा वर्ल्ड विथआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाएको छ र विश्वकै एक मध्यको सबैभन्दा ठूलो हिमाल सफाई कार्यक्रमको दोस्रो संस्करण “सफा हिमाल अभियान २०२१” को समापनको घोषणा गरेको छ ।

laxmi

२७,६७१ किलोग्राम फोहोर, ४ वटा मृत शरिर र एउटा मानव अवशेष सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता ६ वटा हिमालहरुबाट संकलन गरिएको छ र थप सेग्रिगेशन र रिसाइक्लिंगको लागि काठमाडौँमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको छ ।

हिमाल सफा अभियानका निर्देशक, नेपाली सेनाका ब्रिगेडियर जनरल हिमांशु खड्काले भने,“नेपाली सेनाको नेतृत्वमा र नेपाली सरकारको पहलमा सफा हिमाल अभियान २०२१ को २७.६ टनको फोहोर र चारवटा शवहरु विभिन्न हिमालहरुबाट निकालिएपछि सफलतापूर्वक सम्पन्न भयो ।

यो अभियान कोभिड–१९ महामारी र दुई वटा साइक्लोन टाउक्टे र यासको बावजुद सफल भयो । यो हाम्रो इन्भाइरोमेन्टल्ली रेस्पन्सिबल पार्टनरहरुको अटुट समर्थनका कारण सम्भव भएको हो । भविष्यको लागि हिमालहरु संरक्षण गर्न सफा हिमाल अभियानलाई निरन्तर रुपले समर्थन गरेकोमा हामी कोका–कोला प्रति आभारी छौँ ।”

उनले नेपाली सेनाको नेतृत्वमा कोका–कोला र अन्य बहु–सरोकारवालाहरूको सहयोगमा रहेको अभियानको मूल उद्देश्य भनेको हिमालहरूको संरक्षण गर्नु र देशको ६ वटा उच्च चुचुराहरु सफा गरी जलवायु परिवर्तनको प्रभावलाई पनि कम गर्नु रहेको बताए ।

कोका–कोलाले नेपालको प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्देश्यले सन् २०१९ मा स्थापना भए देखि हिमालय सफाई अभियानलाई सहयोग गर्दै आएको उनको भनाइ छ ।

वल्ड विथ आउट वेस्ट कार्यव्रmम सन् २०१८ मा लन्च गरिएको थियो । यो कार्यव्रmम सन् २०३० सम्ममा सेल्सको १०० प्रतिशतको प्याकेजिंगको बराबरको संकलन र रिसायकल गर्ने कोका–कोलाको विश्वव्यापी प्रतिबद्धता हो ।

नेपालमा कम्पनीले स्थानिय एप्रोचलाई प्रयोग गरेर विश्वव्यापी दृष्टिकोण र लक्ष्य हासिल गर्ने प्रयास गरिरहेको छ र हाम्रो बोटलिंग पार्टनर, सरकार, गैरसरकारी संस्था, उद्योगका साथीहरु र स्थानीय समुदायहरुलाई डिजाइन–कलेक्ट–पार्टनर फ्रेमवर्क प्रयोग गरेर दीर्घकालीन साझेदारी निर्माण गर्न पहुँच गरेको छ ।

बीएनएलले दिगोपनका लागि गरेका प्रयासहरुको बारेमा बोल्दै बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “फोहोर व्यपस्थापनको क्षेत्रमा हामीले जिम्मेवारी व्यवस्थापनको चुनौतिलाई आवश्यक पर्ने गति प्रदान गर्न र पिईटी बोतलहरु रिसाइकल गर्न धेरै पहल गरेका छौँ ।

हिमाल सफाई अभियान र रणनीतिक स्थानहरुमा सूभनामूलक पिईटी संकलन बिनहरुको स्थापना जस्ता विभिन्न कार्यक्रमहरु मार्फत हामीले समुदायमा फोहोर अलग्याउने, प्याकेजिंग र रिसाइक्लिंग सम्बन्धी जागरुकता सिर्जना गरेका छौँ ।”

पिईटी फोहोरको रिसाइकलको समाधान खोज्न बहु–सरोकारवाला दृष्टिकोण अनुकरण गर्न कोका–कोलाले स्थानीय नगरपालिका, व्यवसायहरु, नागरिकहरु र फोहोर उठाउनेहरूसँग हातेमालो गरेको छ । कम्पनीले संकलन र रिसाइक्लिंग प्रणाली निर्माण र तीव्र गर्न लक्षित रहेको ग्लोबल इनिसिएटिभ्सबाट पाठ सिकेको छ र यसलाई नेपालको स्थानीय वातावरणमा अनुकूलित गरेको छ ।

नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, “हाम्रो कार्यक्रम वल्ड विथआउट वेस्ट नेपालको एक प्रमुख कार्यव्रmम हो जहाँ हामी हाम्रो प्याकेजिंग डिजाइनलाई पुनर्विचार गर्दछौँ र हाम्रो प्रयोग गरिएको प्याकेजिंग संकलन गर्ने तरिकालाई नवीन बनाउदछौँ अनि प्याकेजिंग रिसाइकल्ड भएको सुनिश्चित गर्न सँगै काम गर्दछौँ । हामीले प्लास्टिक शरकुलर अर्थव्यवस्थालाई लागु गर्न र रिसाइक्लिंगलाई नेपालमा बढावा दिन उद्योगका साथीहरु, पर्यावरणविदहरु, सरकार र नागरिक समाज संगठनहरुसँग साझेदारी गरेका छौँ ।”

कोका–कोलाको साझेदारीले समुदायको नेतृत्वमा इन्टीग्रेटेड प्लास्टिक फोहोरको प्रबन्ध प्रणाली निर्माण गर्न, इफिसियन्ट रिसाइक्लिंगलाई बढावा दिन र फोहोर उठाउने कामदार समुदायको उत्थान गर्ने काम गरिरहेको छ ।

“हाम्रो कम्पनीले क्रियसन, डब्लुडब्लुएफ नेपाल, हिमालयन क्लाइमेट इनिसिएटिभ(एचसिआई),नेपाल युवा परिषद र अन्य जस्ता स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग साझेदारी ग-यो जसले हाम्रो फोहोर व्यवस्थापनको प्रयासलाई बढावा दिन र प्लास्टिक शर्कुलर अर्थतन्त्रको सृष्टिमा नयाँ ध्यान केन्द्रित गर्न मद्दत ग-यो ।”कम्पनीद्वारा विज्ञप्तिमा भनिएको छ ।

यसबाहेक, कम्पनीले रिसाइक्लिंग प्रव्रिmयामार्फत पिईटी बोतलहरुलाई नयाँ जीवन दिन, समुदायलाई जागरुकता सिर्जना गर्न र शिक्षित गर्नको लागि कोका–कोलाले डोको रिसाइक्लर्स-सामाजिक इन्टरप्राइस जसले सुख्खा फोहोर व्यवस्थापन र रिसाइकल गर्दछ) को साथ टिम अप ग-यो र “रिफ्रेश एण्ड रिसाइकल”अभियान सुरु ग-यो र काठमाडौँ उपत्यकाका विभिन्न प्रख्यात सार्वजनिक स्थलहरुमा १० वटा जानकारीमूलक पिईटी संकलन बिनहरु राखेको जनाएको छ ।

कोका–कोलाले पिईटी रिसाइक्लिंगको गहन प्रमाण–आधारित प्रतिवेदन पेश गर्न ब्लु वेस्टसँग हातेमालो गरेको छ र यसले नेपालमा वरिपरिको परिपत्रको वृस्तित मूल्य निर्धारण गर्दछ । यसले भविष्यमा नेपालमा फोहोर व्यवस्थापनमा हस्तक्षेपको लागि सहयोग पु-याउने बताइएको छ ।

वल्ड विथआउट वेस्ट कम्पनीको अनगोइंग सस्टेनेबिलिटी प्रयासहरुको अर्को चरण हो जसले आफ्नो फाइनलमा प्रयोग गरेको पेय पदार्थहरुमा अनुमानित १०० प्रतिशत पानी रिप्लेनिश गरेर सफलता हासिल गरेको कम्पनीको दावी छ ।

यी प्रयासहरु सही तरिकाले बढ्ने कुल पेय कम्पनी भई, अन्तस्करणको साथ बढ्नको लागि कम्पनीको ठूलो रणनीतिको हिस्सा भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL