रमेश लम्साल/सिबी अधिकारी काठमाडौं । नेपालका अधिकांश विमानस्थललाई सञ्चालन खर्च धान्न समेत धौधौ परेको छ । विमानस्थलको कमाइ कम हुँदा सञ्चालन खर्च चलाउन नपुग्ने अवस्था आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार हाल नेपालमा जम्मा २९ ओटा विमानस्थल सञ्चालनमा छन् । ती मध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ करोडभन्दा माथि छ…