काठमाडौं । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष सन् २०२० लाई विशेष कार्यक्रमका साथ स्वागत गर्ने भएको छ । सङ्घीय सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्येको एक पटिहानी र प्रदेश सरकारले छानेको एक जिल्ला एक पर्यटकीय गन्तव्यमध्येको मेघौली महानगरपालिकामा पर्दछ । महानगरपालिकाका पर्यटन विज्ञ विश्वराज सुवेदीका अनुसार नगर प्रमुखको संयोजकत्वमा ११ सदस्यीय स्टेरिङ कमिटी र ९१ सदस्यीय…