काठमाडौं । नेपाल वायु सेवा निगमको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा एक अध्ययन समिति गठन गर्न अर्थ मन्त्रालयले सुझाव दिएको छ । अर्थमन्त्रालयमा शुक्रबार आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले यसको बारेमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव दिएका हुन् । अर्थमन्त्री शर्माले पर्यटन सचिवको संयोजकत्वमा…