Logo

पेरिसडाँडामा दुई ओटा पेस्तोलसहित एक पक्राउ

काठमाडौं । काठमाडौंको पेरिसडाँडामा दुई ओटा पेस्तोलसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङका सुवास कार्की छन् । प्रहरीले पेरिसडाँडाको महादेव स्थल मार्गमा रहेको न्यू सुनकोशी गेस्ट हाउसबाट उनलाई रिभल्वर र कटुवा पेस्तोलसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । साथै थप अनुशन्धान भइरहेको बताएको छ ।