काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–१३ स्थित डावरटोलमा निर्माणाधीन १० करोड बढी लागतको खानेपानी आयोजना निर्धारित समयभन्दा अगावै निर्माण सकिएको छ। विसं २०८० असार २५ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरसँग सम्झौता भएको थियो। उक्त निर्धारित समय सकिनु २० दिन अगावै निर्माण सम्पन्न भएको हो। निर्धारित समयसीमा अगाडि नै…