काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली आज (सोमबार) त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी हिमालयन एयरलाइन्सको चार्टर विमानबाट चीन उडेका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन, सुरक्षा निकायका प्रमुखलगायतले…