काठमाडौं । अब विद्युत महशुल घरबाटै तिर्न मिल्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले मोबाईल एप्लिकेशन संचालनमा ल्याएसँगै बिजुलीको बिल तिर्न कार्यालय धाउनुपर्ने बाध्यता हटेको हो । अनलाईनबाट बिजुलीको बिल तिर्न बैंक खाता तथा मोबाईल वा एसएमएस बैंकिङ मार्फत तिर्न सकिनेछ । जसको लागि प्राधिकरणले अनलाईन पेमेन्ट स्वीकृति लिएका विभिन्न अनलाईन गेटवेसँग सम्झौता समेत गरेको…