काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ…