काठमाडौं । बजारमा कर्जाको माग नहुँदा पछिल्लो सयम बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ । चालु आर्थिक वर्षको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम ४ खर्वभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । बैंकमा लगानीयोग्य रकम भएपनि बाणिज्य बैंकहरुले भने सस्तोमा कर्जा लगानीको सट्टा महंगोमा निक्षेप उठाउन थालेका छन् ।…