काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालिले एयर कन्डिस्नरको नयाँ किफायती मोडल ‘ग्यालेन्ज’ बजारमा ल्याएको छ । ग्यालेन्ज एसिमा सुपर कुलिङ, एयर क्लिनिङ तथा एनर्जि सेभिङ जस्ता विशेषता रहेको कम्पनीले जानकारी दिएको छ । ग्यालेन्ज एसिमा प्रयोग हुने जापानी कम्प्रेसरले थोरै विद्युत खपत गरी ध्वनी पनि कम राख्दछ । हालै यसका चार मोडलहरु बजारमा ल्याइएका छन् ।…