काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्नो सातौं बर्ष पूरा गरेको छ । क्यापिटल स्थापना भएको छोटो अवधिमै एक सक्षम, प्रगतिशील र गतिशील संस्थाको छवि बनाई सर्वसाधारणहरुको माझमा पहिलो रोजाइको क्यापिटल बन्न सफल भएको हो । आधुनिक प्रविधिको अनुशरण गरी सर्वसुलभ रुपमा मर्चेण्ट बैंकिङ सेवा उपलब्ध गराई यस क्षेत्रमा नेपालको एक नेतृत्वदायी मर्चेण्ट बैंकिङ कम्पनीको भुमिका…