काठमाडौं । भारत–पाकिस्तान युद्धविरामपछि सोमबार भारतका सबै बन्द विमानस्थलहरू खोलिएका छन्। मे ७ मा भारत–पाकिस्तान तनावका बीचमा यी विमानस्थलहरू मे १५ बिहान ५:२९ बजेसम्म अस्थायी रूपमा बन्द गरिएका थिए। नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू अब तत्काल नागरिक विमान सञ्चालनका लागि उपलब्ध हुने भारतीय विमानस्थल प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।…