Logo

सिद्धार्थ राजमार्गका ठाउँ ठाउँमा पहिरो : सडक अवरुद्ध, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड गएराति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँहरुमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । यहाँका बर्तुङदेखि सिद्धबाबा क्षेत्रसम्म विभिन्न ठाउँहरुमा पहिरो खसकेका कारण बिहानैदेखि सडक अवरुद्ध रहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले बताए । उनका अनुसार तिनाउ गाउँपालिका–३ दोभान…