काठमाडौं । आर्थिक बर्ष २०७४/०७५ मा लोडसेडिङलाई इतिहास बनाउने लक्ष्य सहित सरकारले बजेट सार्वजनिक गरेको छ । देशभर लोडसेडिङ समस्या अन्त्य हुँदै गएको अवस्थामा उदयपुर सिमेन्ट उद्योगलाई भने नियमित विद्युत आपूर्ती नहुँदा दैनिक करिव १ सय ५० टन उत्पादन घाटा हुने गरेको छ । २५ बर्षपछि नाफा कमाएको सरकारी स्वामित्वको उदयपुर सिमेन्टमा दैनिक १० पटकसम्म…