काठमाडौं । कांग्रेस–माओवादी गठबन्धन सरकारले सवारी एसेम्बल उद्योगलाई प्राथमिकतामा राख्दै हाल दिईदै आएको अन्तःशुल्क छुटलाई शतप्रतिशत वृद्धि गरेको छ । यसअघि त्यस्ता उद्योगलाई अन्तस्शुल्कमा २५ प्रतिशत छुट दिइदै आएकोमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेट ल्याउँदै एसेम्बल गरी सवारीसाधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल्ड अवस्थाका शिर्षकमा पर्ने सवारीसाधन आयात गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको…