काठमाडौं । बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सेयर निष्काशनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । आयोजनाले धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्नका लागि बुधबार स्वीकृति पाएको आयोजना प्रमुख बिज्ञान श्रेष्ठले बिजखबरलाई बताए । आयोजनाले स्थानीयको लागि चैतको पहिलो हप्तामै सेयर निष्काशन गर्ने तयारी गरेको थियो । तर, दोलखामा आन्दोलित पक्षले जिल्लाबासीलाई वितरण गर्ने सेयरमा समुह…