काठमाडौं । अब विदेशी लगानीकर्ताले पनि नेपालको पूँजी बजारमा लगानी गर्न पाउने भएका छन् । सरकारले विदेशी लगानी सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०७४ पारित गर्दै विदेशी लगानीकर्तालाई पूँजी बजारमा लगानी गर्न खुला गरेको हो । नयाँ विद्येयकमा विदेशी लगानीकर्ताका लागि पूँजी लगानी कोष, दोस्रो बजारमार्फत धितोपत्रमा गरेको लगानी, लीज लगानीलगायत क्षेत्र…