काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोभिड–१९बाट संक्रमित विरामीको उपचारलाई निरन्तरता दिने भएको छ । अस्पतालले नेपाल सरकारको निर्देशन अनुसार १८ शैयाको सघन उपचार कक्ष सहित ५४ शैया छुट्याएर कोभिड उपचार गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताएको छ । अस्पतालको आठौं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष दीपक कुँवरले कोभिड–१९ संक्रमित…