काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदूरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रम पौषको पहिलो हप्ता धनगढीमा सुरु भई,लम्की, महेन्द्रनगर हुँदै नेपालगन्ज पुगेर सम्पन्न भएको थियो । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले भने, “रिलायन्स साथीहरु कम्पनीका मेरुदण्डहरु हुनुहुन्छ,उहाँहरुले आफ्नो व्यावसायिक कार्यमा प्रदर्शन गर्नुभएको लगनशीलता, मेहनत तथा…