काठमाडौं । मनकामना ग्रूपले नेपालकै ठूलो प्लाष्टिक ‘रिसाइक्लिङ’ उद्योग संचालनमा ल्याउने भएको छ । हाल उद्योग संचालनमा लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको मनकामना ग्रूपका प्रवन्ध निर्देशक लक्षमण अर्यालले जानकारी दिए । ‘चालू आर्थिक वर्षभित्रै रिसाइक्लिङ उद्योग संचालनमा ल्याइने छ,’ उनले भने । मनकामनाले युनिभर्सल प्लाष्टिक उद्योगको नाममा रिसाइक्लिङ उद्योग संचालन गर्न लागेको हो…