काठमाडौं । सर्वाेत्तम सिमेन्टले ठेकेदारहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लालाई केन्द्रित गर्दै उक्त जिल्लाका विभिन्न स्थानमा भवन निर्माण कार्यमा संलग्न ईन्जिनियर तथा ठेकेदारहरुसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । उक्त भेटघाट कार्यक्रममा कम्पनीका प्रोजेक्ट प्रमुख ईन्जिनियर अभिषेक झाले ओपीसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे जानकारी दिएका थिए ।…