काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकै दिन २२० किलो भोल्ट (केभि)का तीन वटा सबस्टेसन सञ्चालनमा ल्याएको छ ।प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो । २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सबस्टेसनमा क्रमश २६० एमभिए र ६० एमभिए क्षमताका…