झापा । नेपालमा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन शुरु भएको छ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन शुरु गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले मङ्गलबार प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको हो । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको थियो । नाष्टका इन्जिनियर डा. रवीन्द्रप्रसाद ढकालले एक किलोग्राम प्लाष्टिकबाट ६…