काठमाडौं । गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाललाई भेट गरी सो आग्रह गरेको हो । सङ्घले काठमाडौँमा कृषिजन्य पदार्थको प्रशोधन केन्द्र र काठमाडौँ बाहिर सङ्कलन केन्द्र निर्माण गर्ने तयारी गरेको…