Logo

ग्लोबल आइएमइको नाफा ८० करोड, रू. ५७ अर्ब ७३ करोड कूल निक्षेप सङ्कलन

ग्लोबल आइएमइको नाफा ८० करोड, रू. ५७ अर्ब ७३ करोड कूल निक्षेप सङ्कलन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता
बैशाख २३, काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आवको तेस्रो त्रैमाशमा रु. ८० करोड ९६ लाख नाफा कमाएको छ । यो गत आवको सो अवधिको तुलनामा ५० प्रतिशतले बढी हो । गत आवको सो अवधिमा बैंकले ५४ करोड ४ लाख नाफा कमाएको थियो ।

चुक्ता पूँजी रू. ५ अर्ब १ करोड रहेको यस बैङ्कले रू. ५७ अर्ब ७३ करोड कूल निक्षेप सङ्कलन गरी ४९ अर्ब ९३ करोड कर्जा प्रवाह गरेको छ । त्यस्तै रू. ९ अर्ब ८७ करोड लगानी गरेको छ । जगेडा कोष १४ दशमलब २३ प्रतिशतले बढेर २ अर्ब १६ करोड पुगेको छ ।

बैंकको खुद व्याज आम्दानी ४९ दशमलब ९९ प्रतिशत र सञ्चालन मुनाफा ५५ दशमलब ९१ प्रतिशले बढेकोले खुद मुनाफा बढ्न पुगेको हो ।

बैंकको व्याज आम्दानी ५० दशमलब ३० प्रतिशतले बढेर १ अर्व ३ करोड पुगेको बताइएको छ ।

गत आवमा खराब कर्जा रहेको रू. २३ करोड १३ लाख चालू आवमा उठाउन सफल भएको छ । बैङ्ककले रू. ३९ करोड ७८ लाख सम्भावित जोखिम बापत छुट्याएकोे छ । कूल कर्जामा बैङ्कको खराब कर्जा थोरै घटेर २ दशमलब ५५ प्रतिशत पुगेको छ । बैङ्कको सीडी रेशियो पनि थोरै बढेर ७८ दशमलब ५४ प्रतिशत पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL