Logo

सेञ्चुरी बैंकको नवौं तथा दशौं वार्षिक साधारण सभा सम्पन्न, ३ जना नयाँ संचालक चुनिए

सेञ्चुरी बैंकको नवौं तथा दशौं वार्षिक साधारण सभा सम्पन्न, ३ जना नयाँ संचालक चुनिए



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौं तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले आ.व. २०७५/७६ को ६.७५ प्रतिशत लाभांश र आ.व. २०७६/७७ को ७.५० प्रतिशत लाभांश पारित गरेको छ ।

साधारण सभाले सेयरधनीहरुलाई आ.व. २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश सेयर तथा उक्त बोनश सेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम रु. ८,५८,३७,८१,०००मा  आ.व. २०७६/७७  को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै  सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ । 

यस साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL