Logo

लुम्बिनी बैंकको वार्षिक साधारणसभा, १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

लुम्बिनी बैंकको वार्षिक साधारणसभा, १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित



काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ. ब. २०७६/७७को बार्षिक प्रतिबेदन, आ. ब. २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्तिलगायतका प्रस्तावहरु पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १३ आंै वार्षिक साधारणसभामा बैंकले कोभिड – १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनीलाई सहभागिता गराएको थियो ।

सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.ब. २०७६/७७ को वार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पारका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL