Logo

कुमारी बैंकले गर्यो ९ नयाँ शाखाहरुको मोबाईल प्रविधिबाट विद्युुतीय ई-उद्घाटन

कुमारी बैंकले गर्यो ९ नयाँ शाखाहरुको मोबाईल प्रविधिबाट विद्युुतीय ई-उद्घाटन



काठमाडाैं । कुमारी बैंक लिमिटेडले आफ्ना ९ नयाँ शाखाहरुको औपचारिक उद्घाटन समारोह सम्पन्न गरेको छ ।

आज (सोमबार) गते नयाँपाटि, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएतापनि मोबाईल प्रविधिबाट विद्युुतीय ई–उद्घाटन बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा गरेका हुन् ।

यसैगरी, बेलबारी शाखा बैंकका सञ्चालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा गरे । यसैगरी, फिक्कल शाखाको उद्घाटन पनि बैंकका सञ्चालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले संयुक्त रुपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिना लगायत सम्बन्धित शाखा प्रबन्धक तथा शाखा पधादिकारीहरुको उपस्थितिमा सम्पन्न गरे ।

कुमारी बैंकले हाल आफ्ना देशभर रहेका १९२ शाखा सञ्जाल, १५२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा १३ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू आगामी दिनहरूमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL