Logo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सामाजिक उत्तरदायित्व, बलियो नेपाल न्युट्रिशन ईनिशिएटिवलाई आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सामाजिक उत्तरदायित्व, बलियो नेपाल न्युट्रिशन ईनिशिएटिवलाई आर्थिक सहयोग



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ ।

laxmi

सहयोग अन्तर्गत बर्दिया, कपिलबस्तु र नवलपरासी पश्चिमका क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गरिने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायले  एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्  । 

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरता लगायतको क्षेत्रमा मात्र नभएर बालबिालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सिएसआर मार्फत सहयोग गरेको बताए । 

बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायले दुईवर्ष भन्दा कम उमेर समुहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टको रुपमा चयन गरिएको बताए । 

बैंकको हाल सातै प्रदेश , ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
MBL