Logo

नेपाल बैंकले बोलायो विशेष साधारणसभा, यस्तो छ सर्वसाधारण सेयरधनीलाई फाइदा

नेपाल बैंकले बोलायो विशेष साधारणसभा, यस्तो छ सर्वसाधारण सेयरधनीलाई फाइदा



काठमाडौं । नेपाल बैंकले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले २ ओटा प्रस्ताव सहित असोज १९ गते बिहान ११ बजे भर्चुअल (जुम)मार्फत विशेष सधारणसभा बोलाएको हो ।

laxmi

बैंकले हालको संचालकको प्रतिनिधित्व हेरफेर तथा प्रबन्ध पत्र र नियमावली संसोधनको प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको हो । हाल बैंकमा नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने संचालकको संख्या ४ र सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने २ जना रहँदै आएको छ । तर अबका दिनमा परिमार्जन गरेर सरकार र सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने संचालकको सख्या ३/३ जना बनाउने प्रस्ताव गरेको छ । साथै बैंकले विशेष साधारणसधाबाट उक्त प्रस्ताव पारित गर्ने भएको छ ।

यसैगरी बैंकले मौजुदा प्रबन्धपत्र र नियमावलीलाई समानुकुल अद्यावधिक गर्ने भएको छ । प्रबन्धपत्र र नियमावली थपघट तथा परिमार्जनका लागि संचालक समितिलाई अख्तियारी दिनका लागि समेत प्रताव गरिएको छ ।

उक्त साधारणसभामा असोज गतेसम्म कायम रहेका सेयर धनीले भाग लिन पाउने छ । बैंकले असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL