Logo

बैंकहरुबीच कर्जा तानातान भएपछि गभर्नरको एक्सन, अस्वस्थ्य प्रतिस्पर्धा नगर्न निर्देशन

बैंकहरुबीच कर्जा तानातान भएपछि गभर्नरको एक्सन, अस्वस्थ्य प्रतिस्पर्धा नगर्न निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्त कम्पनीलाई अस्वस्थ्य प्रतिस्पर्धा नगर्न निर्देशन दिएका छन् ।

laxmi

पछिल्लो समय बैंकहरुबीच ब्याजदर घटाएर कर्जा तान्ने प्रवृत्ति बढेपछि गभर्नर अधिकारीले त्यस्तो कार्य नगर्न दिर्नेशन दिएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ । विशेषगरी पछिल्लो समय एक बैंकले अर्को बैंकको कर्जा तान्ने, लामो समयदेखि कन्सोल्टियम लिड गरेको बैंकले बैंकको समेत कुनै छलफल विना कर्जा तान्न सुरु भएपछि यसको विरोध भएको थियो ।

गभर्नर अधिकारीले आज एकिकृत निर्देशिका(२०७७ बारे छलफल गर्ने क्रममा भर्चुअल बैंठकमार्फत बैंक तथा वित्त कम्पनीका सीइओहहरुलाई अस्वस्थ्य प्रतिस्पर्धा नगर्न निर्देशन दिएका हुन् । अहिले प्रतिपर्धाभन्दा पनि संयमित भएर व्यवसाय गर्ने समय आएकाले एक आपसमा अस्वस्थ्य प्रतिस्पर्धा गरेर अल्पकालिन फाईदामा केन्द्रित नहुन निर्देशन दिएको हुन् ।

‘अहिले एक आपसमा अस्वस्थ्य प्रतिस्पर्धाभन्दा पनि आफ्ना ग्राहकलाई बचाउँदे आफुपनि बचेर दिर्घकालिन सोचका साथ काम गर्ने समय हो,’ गभर्नर अधिकारीको भनाई उदृत गर्दैै राष्ट्र बैंक स्रोतले भन्यो ।

पछिल्लो समय कोरोना कारण उद्योग व्यवसाय नचल्दा कर्जाको मागमा गिरावट आउँदा बैंकका अधिक तरलता भएसँगै बैंकहरुले सस्तो ब्याजदरमा कर्जा तान्न थालेका छन्

प्रतिक्रिया दिनुहोस्
MBL