Logo

नेपाल बंगलादेश बैंकद्धारा सहयोग, सिन्धुपाल्चोकका पहिरो पीडितलाई राहत रकम हस्तान्तरण

नेपाल बंगलादेश बैंकद्धारा सहयोग, सिन्धुपाल्चोकका पहिरो पीडितलाई राहत रकम हस्तान्तरण



काठमाडौं(जस)– नेपाल बंगलादेश बैकले बाढी–पहिरोको कारणले प्रभावित स्थानियवासीहरुलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

आषाढ महिनादेखि परिरहेको लगातारको वर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका अन्तर्गतका विभिन्न वडाहरुमा प्रभावित स्थानियवासीहरुलाई बैंकले आर्थिक सहायता उपलब्ध गराएको हो ।

उक्त बाढी तथा पहिरोको कारण विस्थापित परिवारहरुलाई बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत राहत वितरणका निम्ती बाह्रविसे नगरपालिका मार्फत आर्थिक सहयोग स्वरुप १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उक्त बाढी तथा पहिरोको कारण हुन गएको क्षती प्रति नेपाल ब¨लादेश बैंक बाह्रविसे शाखा तथा बैंक परिवारले गहिरो दुःख ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This