Logo

मेगा बैंक ‘हात–हातमा बैंकिङ’ अभियान सुरु, खाताको सम्पूर्ण जानकारी लिन सकिने

मेगा बैंक ‘हात–हातमा बैंकिङ’ अभियान सुरु, खाताको सम्पूर्ण जानकारी लिन सकिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२७ भदौ,काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘हात–हातमा बैंकिङ’ नामक विशेष अभियान सुरु गरेको छ ।

बैंकमा खाता भएका सबै ग्राहकलाई आफ्नो खाताको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने गरी ‘हात–हातमा बैंकिङ अभियान’ ल्याइएको मेगा बैंकले जानकारी दिएको छ । मेगा मोबाइल बैंकिङ सेवामा स्वतः दर्ता हुने गरी ल्याइएको यो योजना आफ्ना सबै ग्राहकलाई एसएमएसमार्फत जानकारी गराउन थालेको मेगा बैंकले जनाएको छ ।

 सेवा लिन इच्छुक नभए नजिकको शाखा कार्यालय वा डीआरइजी टाइप गरि १७१७ मा एसएमएस गर्न बैंकले आफ्ना खाताधनीहरुलाई अनुरोध गरेको छ । मोबाइल बैंकिङ सहज बनाउन मेगाले यसअघि नै एन्ड्रोइड र एप्पल एप्स पनि ल्याइसकेको छ ।

मेगा मोबाइल बैंकिङमार्फत ग्राहकले मोबाइलबाटै सहज र सुरक्षित रुपमै आफ्नो बैकिङ कारोबारबारे जानकारी पाउन सक्नेछन् । साथै, मोबाइलबाटै आफ्नो खाता विवरणबारे जानकारी, मिनी स्टेटमेन्ट, चेकबुकको लागि अनुरोध, रकम स्थानान्तरण, बिल भुक्तानीबारे जानकारी लिन सक्ने बताइएको छ ।

यसका साथै, ग्राहकले सहजै मोबाइल रिचार्ज पनि गर्न सक्नेछन । यो सेवा मेगा बैंकको २८ वटै शाखामा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This