Logo

खाद्यबस्तुको मूल्य आधाले घट्यो, गैरखाद्य बस्तुको मुल्य बढ्यो

खाद्यबस्तुको मूल्य आधाले घट्यो, गैरखाद्य बस्तुको मुल्य बढ्यो



काठमाडौं । चालु आर्थिक बर्षको बैशाखमा मूल्यवृद्धि घटेर गत बर्षकै हाराहारीमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको बैशाखसम्मको तथ्यांकमा मुल्यवृद्धि घटेको उल्लेख छ । चैत मसान्तसम्म ६ दशमलव ७४ प्रतिशतसम्म वृद्धि भएको मूल्यवृद्धि बैशाखमा घट्दै ५ दशमलव ८३ प्रतिशतमा पुगेको हो । गत बर्षको सोही अवधिमा मूल्यवृद्धि ५ दशमलव २९ प्रतिशत थियो ।

laxmi

राष्ट्र बैंकको तथ्यांक अनुसार बैशाखमा सबैभन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिमा गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार गत बर्षको बैशाखमा ८ दशमलव ६६ प्रतिशत रहेको उक्त समुहको मूल्यवृद्धि चालु आवको बैशाखमा आधाले घट्दै ४ दशमलव ६८ प्रतिशतमा पुगेको छ । चालु आवको चैतमा भने यस समुहको मूल्यवृद्धि ९ दशमलव ६४ प्रतिशतको उचाईमा पुगेको थियो ।
यस्तै चालु आवको बैशाखमा गैरखाद्य वस्तुको मूल्यवृद्धि भने करिव २ प्रतिशतले बढ्दै ५ दशमलव ७७ प्रतिशतमा पुगेको छ । गत बर्षको सोही अवधिमा उक्त समुहको मूल्यवृद्धि ३ दशमलव ६७ प्रतिशत थियो । यस्तै गत चैतमा भने गैरखाद्य समुहको मूल्यवृद्धि ४ दशमलव ४८ प्रतिशत पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL