Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, एचएफएनलाई आर्थिक सहयोग

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, एचएफएनलाई आर्थिक सहयोग



काठमाडौं । ज्योति विकास बैंक र हेल्थ फाउण्डेसन नेपाल (एचएफएन) बीच आर्थिक सहायता सहितको सहकार्य भएको छ ।

बैंकले एचएफएनसँग बुधबार २ लाख रुपैयाँ बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको हो । बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत एचएफएनलाई कोरोना विरुद्धको लडाइँमा संस्थाको एन ९५ युभिजिआई डिकन्ट्यामिनेसन प्रोजेक्टको लागि सहयोग गरेको हो ।

एचएफएनको एन ९५ डिकन्ट्यामिनेसन प्रोजेक्ट अन्तरगतको युभिजिआई प्रविधिले वर्तमान स्थितिमा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने एन ९५ मास्क र पीपीईलाई पुन प्रयोग गर्न मिल्ने गरि जीवाणु रहित बनानेछ । सो प्रविधि अन्तरगत प्राविधिक रुपमा उपयुक्त डिकन्ट्यामिनेसन तरिका अपनाइएमा अल्ट्रा भाइलेट प्रकाशको प्रयोगले एउटै एन ९५ मास्कलाई पनि कम्तिमा ५ पटकसम्म सुरक्षित तरिकाले पुन प्रयोग गर्न मिल्नेछ ।

स्वास्थ्यकर्मीहरुको प्रयोगको लागि अत्यावश्यक एन ९५ मास्क र पीपीईको सजिलो आपूर्तिको लागि यो प्रविधिले उल्लेखनीय योगदान पुर्याउने बैंकको विश्वास रहेको छ । एचएफएनले पहिलो चरणमा स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरसँगको सहकार्यमा देशभरको २८ विभिन्न अस्पतालमा सो प्रविधि स्थापना गर्नेछ ।

डिजिटल वेबिनारमार्फत भएको उक्त सहकार्य सम्झौतामा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा हेल्थ फाउण्डेसन नेपाल (एचएफएन)का कार्यकारी निर्देशक मदन राज भट्ट्ले हस्ताक्षर गरेका छन । बैंकले करिब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब २९ अर्बरुपैयाँ लगानी गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL