Logo

सांग्रिला डेभलमपेन्ट बैंकले ११ देखि १ बजेसम्म मात्रै सेवा दिने, कुन शाखा कुनबार खुल्छ ?

सांग्रिला डेभलमपेन्ट बैंकले ११ देखि १ बजेसम्म मात्रै सेवा दिने, कुन शाखा कुनबार खुल्छ ?



काठमाडौं । सांग्रिला डेभलमपेन्ट बैंकले चैत २६ देखि बैशाख ३ गतेसम्म बिहान ११ बजेदेखि १ बजेसम्म मात्रै संचालन गर्ने भएको छ । कोभिड १९ (कोरोना भाईरस) का कारण नेपाल पूर्णरुपमा लकडाउन भए पछि बैंकले निश्चित समयको लागि मात्रै बैकिङ सेवा खुला गर्ने भएको हो ।

बैंकले बुधबार उपत्यका भित्र कमलविनायक र टोखा, बिहीबार कपन र पेप्सीकोला, शुक्रबार पुरानो बानेश्वर, नखिपोट र कुमारीपाटी, आईतबार न्युरोड, सानेपा र ठिमी, मंगलबार कालिमाटी, बालुवाटार र नारायणटार बुधबार ईमाडोल, बनस्थली र नयाँ बानेश्वर शाखा संचालनमा ल्याउने छन ।

त्यस्तै उपत्यका बाहिर बुधबार संचालनमा ल्याउने शाखाहरु रामबजार पोखरा, बिर्तामोड झापा, बट्टार नुवाकोट, राँझा बाँके, जुम्ला, जोमसोम, टाँडी चितवन, लाहान सिराहा, खजुरा बाँके, पाटन बैतडी, दुलेगौंडा तनहुँ, बुटवल रुपन्देही, गोरखा र लमही दाङ रहेका छन । बिहीबार संचालनमा आउने शाखाहरुमा भने, हेम्जा पोखरा, कावासोती नवलपरासी, नेपालगञ्ज बाँके, सिमिकोट हुम्ला, धरान सुनसरी, जितपुर बारा, गलरिया बर्दिया, धनगढी कैलाली, गोरुसिंगे कपिलवस्तु, घ्याम्पेसाल गोरखा, घोराही, साँफेबगर रहेका छन ।

शुक्रबार भने भद्रकाली पोखरा, रजैया मकवानपुर, सल्यानटार, तुलसिपुर, टंकिसिनुवारी, बयलबास, त्रिभुवनचोक बाँके, विरेन्द्रनगर, अमरापुरी, छेवेटार, भालुवाङ्ग र अत्तरिया कैलाली रहेका छन । त्यस्तै आईतबार भने नयाँबसपार्क पोखरा, भुमहि नवलपरासी, पालुङटार, लमहि, तुलसीपुर, ईटहरी, गल्छी, नेपालगञ्ज, सुलिचौर, दार्चुला, नारायणगढ, बर्दिवास, कोहोलपुर र बोटेचौर सुर्खेत रहेका छन ।

मंगलबार संचालनमा आउने शाखाहरुमा न्युरोड पोखरा, मलेखु, त्रिभुवनचोक बाँके, राकम दैलेख, धनकुटा, मन्थली, खजुरा, धनगढी, हेटौंडा, डुम्रे, भालुवाङ्ग, लम्की तथा बुधबार टाँडी, बयलबास, कोहलपुर, अत्तरिया, शनिश्चरे, नारायणगढ, राँझा, विरेन्द्रनगर, विरौटा पोखरा, बुटवल, दमौली, तुलसीपुर र महेन्द्रनगर कञ्चनपुर रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL