Logo

सिद्धार्थको नाफा १६ करोड, खराव कर्जामा सुधार

सिद्धार्थको नाफा १६ करोड, खराव कर्जामा सुधार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ साउन, काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७१/७२ मा १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आफ्नो खराव कर्जा घटाए नाफामा सुधार गरेको हो ।

बैंकले कुल कर्जा लगानीको ७ दशमलव ८० प्रतिशत रहेको खराव कर्जालाई ४ प्रतिशतमा झारेको छ ।बैंकले सो अवधिमा ६ अर्व ९८ करोड निक्षेप संकलन गरी ५ अर्व ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको कर्जा लगानी अनुपात ७२ दशमलव १२ प्रतिशत रहेको छ ।

हाल बैंकले १८ वटा शाखा र १९ वटा एटिम मार्फत बैंकिङ सेवा दिँदै आएको छ । साथै बैंकले सिद्धार्थ अवकाश कोषमा १ अर्व ३ करोड रुपैयाँको कोष परिचालन गरेको छ ।

यस अवधिमा बैंकले आफ्नो वित्तीय सुचकांकहरुमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएको ५ । आगामी दिनहरुमा यस बैंकलाई अझै मजबूद र सफल विकास बैंकको रुपमा स्थापित गर्दै आफ्ना ग्राहकहरुलाई अझै स्तरिय सेवा दिने प्रमूख कार्यकारी अधिकृत अजय कूमार मिश्रले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL