Logo

बैंक अफ काठमाण्डू लिमिटेडको ‘बिओके सहज बचत खाता’ सार्वजनिक, वार्षिक ६ प्रतिशत ब्याजदर

बैंक अफ काठमाण्डू लिमिटेडको ‘बिओके सहज बचत खाता’ सार्वजनिक, वार्षिक ६ प्रतिशत ब्याजदर



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै ‘ बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ ।

laxmi

ग्राहक महानुभावसगंको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको छ ।

‘२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै’ भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहक महानुभावहरुले मात्र रु २५ मा नै खोल्न सक्नुहुनेछ । उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन । उक्त बचत खाताका विशेषताहरु निम्न बमोजिम रहेका छन ।

  • वार्षिक ६% ब्याजदर
  • न्यूनतम् मौज्दात रु २५ मात्र
  • त्रैमासिक ब्याज भुक्तानीको सुबिधा
  • पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था
  • पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था
  • पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था

साथै, अन्य ग्राहकमुखी विशेषताहरु सहित संचालनमा ल्याएको उक्त खाताले ग्राहक महानुभावहरुको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL