Logo

एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता, महिला कृषि उद्यमीलाई सहुलियत कर्जा

एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता, महिला कृषि उद्यमीलाई सहुलियत कर्जा



काठमाडौंं । एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ । बुधबार बैंक र हेफरबीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमी लाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको हो ।

laxmi

एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतो द्वारा उक्त सम्झौतामा हस्ताक्षर र आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ ।

उक्त सम्झौतासंगै दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारीखेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीहरुलाई वित्तिय पहुँच पुरÞ्याउनका लागि संयुक्त प्रयास गर्नेछन ।
उक्त साझेदारीले उद्यमीहरुको क्षमताको आंकलन र विकासमा केन्द्रित हुँदै उनीहरुलाई आफ्नो व्यवसायको विस्तार गर्न सक्षम बनाउने बैंकले जानकारी दिएको छ ।

एभरेष्ट बैंकले आफ्नो पहुँच र शाखाहरुको उपयोग गर्दै हेफर नेपालले सहयोग गरेको सामाजिक उद्यमी महिला सहकारीहरु यससंग सम्बद्ध महिला उद्यमीहरुलाई सहजरुपमा कर्जा उपलब्ध गराउनेछ भने हेफरले सहकारीहरुसंग संयुक्त रुपमा साना तथा मझ्यौला महिला उद्यमीहरुको पहिचान गर्दै उनीहरुलाई बैंकसंग जोड्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL