Logo

ग्लोबल आइएमई बैंकको मुनाफा २ अर्व १४ करोड, चालु आवमा ५९ शाखा विस्तार गर्ने तयारी

ग्लोबल आइएमई बैंकको मुनाफा २ अर्व १४ करोड, चालु आवमा ५९ शाखा विस्तार गर्ने तयारी



काठमाडौं । ग्लोबल आइएमई बैंकले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ ।

उक्त मुनाफामा साविकको जनता बैंक नेपालको २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश भएको बैंकले जानकारी दिएको छ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल एक आपसमा गाभिई गत मंसिर २० देखि एकिकृत कारोबार सुरु भएको थियो ।

दुई बैंक मर्जर पछि ग्लोबल आइएमई बैंक पूँजी तथा व्यवसायको हिसावले नेपालकै ठूलो बैंक बन्न सफल भएको छ । हाल बैंकको प्राथमिक पूँजी २४ अर्ब ८७ करोड रुपैयाँ, कुल पूँजी २८ अर्ब १६ करोड रुपैयाँ, कुल निक्षेप २ खर्ब १३ अर्ब रुपैयाँ र कर्जा तथा ऋण लगानी १ खर्ब ९८ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।

बैंकले २७० शाखा, २५७ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गदैृ आईरहेको छ । साथै बैंकले चालु आवमा थप ५९ शाखा सहित देशका ७७ ओटै जिल्लामा सेवा विस्तार गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL