Logo

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले पाए सफाई, भेटिएन कसुर

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले पाए सफाई, भेटिएन कसुर



काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाइ पाएका छन् । छानविनको क्रममा कुनै कसुर नभेटिएपछि सरकारले उनलाई सफाइ दिएको हो ।

laxmi

सरकारका प्रवक्ता एवं सूचना, संचार तथा प्रविधी मन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन कार्यक्रम बोल्दै उनले डेपुटी गभर्नर श्रेष्ठलाई सफाइ दिएको जानकारी दिएका हुन् । ‘छानविनको क्रममा उनीमाथी कुनै कसुर भेटिएन,’ उनले भने, ‘कसुर नभेटिएपछि कारबाही गर्ने कुरा भएन ।’

सरकारले यस अघि डेपुटी गभर्नर श्रेष्ठले अनिमियतता गरेको भन्दै राष्ट्र बैंकका संचालक समिति सदस्य श्रीराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय छाविन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL