Logo

कनेक्ट आइपीएस मोबाईल एप्सको मासिक कारोबार सीमा थप, अब २ लाखसम्म कारोबार गर्न सकिने

कनेक्ट आइपीएस मोबाईल एप्सको मासिक कारोबार सीमा थप, अब २ लाखसम्म कारोबार गर्न सकिने



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसले सन्चालन गर्दै आएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीको मोबाइल एप्लिकेसनमार्फत प्रतिमहिना गरिने कारोवारको अधिकतम सीमा बढाइएको छ ।

सो अनुसार अब विद्यमान कारोवार सीमा रु.१ लाखबाट वृद्धि गरी २१ पौषबाट लागू हुने गरी रु.२ लाख कायम गरिएको जानकारी कम्पनीले दिएको छ ।


नेपाल राष्ट्र बैंक द्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन‐२०७६को निर्देशन बमोजिम मासिक कारोवार सीमा थप गरिएको जनाउदै कमपनीले प्रति कारोबर सीमा रु ५० हजार नै कायम रहेको जानकारी दिएको छ । कनेक्ट आइपीएसको वेबसाइट ( बाट गरिने कारोबरको सीमाप्रति कारोबर रु १० लाख र प्रति बैंक मासिक रु ५० लाख यथावत नै रहेको छ ।

कनेक्ट आइपीएस इपेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटर्फम हो जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् ।


उक्त प्ल्याटर्फममा सदस्य बैंकहरुका ग्राहकहरूका लागि अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, आदिगर्न सकिने व्यवस्था रहेको छ ।
थप गरिएको कारोबार सीमाले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई बैंक खाताबाट गरिने डिजिटल भुक्तानी कारोबार गर्न थप सुविधा हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This