Logo

लम्जुङ र तनहुँमा सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार, सेवा संख्या ४५ पुग्यो

लम्जुङ र तनहुँमा सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार, सेवा संख्या ४५ पुग्यो



काठमाडौं । सनराइज बैंकले लम्जुङको ठुलीेबेसी र तनहुँको टुहुरेपसलमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । ठुलीबेसी शाखा सेवाको मस्र्याङ्दी गाँउपालिकाका वडा अध्यक्ष लिला प्रसाद घलेले प्रतिनिधि कर्ण सिंह तामाङलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेर उद्घाटन गरेका छन ।

त्यस्तै तनहुँको टुहुरेपसल शाखा सेवाको भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेलले उद्घाटन गरेका हुन । नगरपालिकाका प्रमुख पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रबिन्द्र केसीले शाखारहित बैंकिङ सेवाको प्रतिनिधि बिष्णु शिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

उक्त दबै शाखासेवामार्फत निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायतका सेवा प्रदान गर्ने बैंकले जानकारी दिएको छ । विस्तारित शाखा सेवासँगै बैंकको सेवा संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL