Logo

नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमतिपत्रमा हस्ताक्षर, महिलालाई सहुलियत कर्जा प्रदान

नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमतिपत्रमा हस्ताक्षर, महिलालाई सहुलियत कर्जा प्रदान



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । महासंघका अध्यक्ष भवानी राणाको उपस्थितीमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशाराणा अधिकारीले सो सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त सहमतिअनुसार महासंघमा आबद्व उद्यमीहरूलाई बैंकले उपलब्ध गराउने कर्जा उपभोग गर्दाको फाईदा, कर्जासँग सम्बन्धित जानकारिमुलक कार्यक्रमका साथै महिलाहरूको उद्यमशिलता तथा महिला सशक्तिकरणका लागि सहुलियतपूर्ण कर्जाको अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

सहकार्यबाट महिला उद्यमशिलता विकासमा थप सहयोग पुग्नुका साथै यस्ता अभिमुखिकरण कार्यक्रमको माध्यमबाट महासंघसँग आवद्ध संघ÷संस्थाका उद्यमीहरूमाझ बैंकिङ पहुँच पुग्ने संघको विश्वास रहेको छ । अभिमुखिकरण कार्यक्रममा आयात तथा निर्यात व्यापारको वस्तुस्थितिका साथै सो वापत प्राप्त हुने अनुदान बारेमा समेत जानकारी गराईने छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष राणाले बैंक र महासंघबीचको सहकार्य महिलालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गरी मुलुकभित्र उद्यमशिलता विकास गर्ने कार्यमा कोशेढुंगा सावित हुने बताएकी छिन । आर्थिक रूपमा महिला शसक्त नभएसम्म मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन नसक्ने भन्दै अध्यक्ष राणाले महासंघ र बैंकबीचको सहकार्यले महिलाको आर्थिक सशक्तिकरणमा सहयोग पुर्याउने विश्वास लिएको बताईन ।

महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र महानिर्देशक खतिवडाले सहमतिपत्रमा उल्लेख भएका बुँदाहरूलाई अक्षरशः पालना गरी बैंकिङ पहुँच पुग्न नसकेका ठाउ“का महिलाहरूको आर्थिक सशक्तिकरणमा प्रभावकारी ढंगले काम गर्ने बताए ।

त्यस्तै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अधिकारीले महासंघसँगको सहकार्यबाट आफूहरू निकै उत्साहित भएको बताइन । उनले केही वर्ष अघि पनि महासंघसँग यस्तै सहकार्य भएको स्मरण गर्दै उद्यमीहरूलाई बैंकले उपलव्ध गराउने कर्जा उपभोग गर्दाको फाइदा, कर्जासँग सम्बन्धित जानकारी मुलक सूचनाहरूलाई लक्षित वर्गसम्म पुर्याई लाभान्वित बनाउनु नै कार्यक्रमको मुख्य उद्देश्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL