Logo

राष्ट्र बैंकलाई सर्वाेच्चको झट्का, प्राईम बैंकको सिईओको पक्षमा अन्तरिम आदेश

राष्ट्र बैंकलाई सर्वाेच्चको झट्का, प्राईम बैंकको सिईओको पक्षमा अन्तरिम आदेश



काठमाडौं । बैंक तथा वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत र सिईओको उमेरहद तत्कालका लागि कार्यान्वयनमा नआउने भएको छ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालकको उमेर तोक्ने नेपाल राष्ट्र बैंकको परिपत्र कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेपछि उक्त निर्णय कार्यान्वयन नहुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल ईजलासले मंगलबार उक्त अन्तरिम आदेश दिएको हो । प्राइम कमर्सियल बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाको एकल इजलासले केन्द्रीय बैंकको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

राष्ट्र बैंकले साउन २० गते परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकको उमेर हद तोकेको थियो । राष्ट्र बैंकले तोकेको उमेर हदअनुसार अब ६९ वर्ष पुगेका कोही पनि व्यक्ति बैंक तथा वित्तीय संस्थामा सिइओ रहन नपाउने प्रावधान थियो । यसैगरी ६५ वर्ष पूरा भएका व्यक्ति पनि सिइओ नियुक्त हुन वा पुनः नियुक्त नहुन पाउने प्रावधान रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL