Logo

क्लिन इनर्जीको २३ लाख ९३ हजार कित्ता सेयर साधारणमा परिवर्तन, अव ५१ः४९ रेसियो

क्लिन इनर्जीको २३ लाख ९३ हजार कित्ता सेयर साधारणमा परिवर्तन, अव ५१ः४९ रेसियो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ जेठ, काठमाडौं । क्लिन इनर्जी डेभलपमेन्ट बैंकले आफ्नो प्रमोटर सेयरलाई साधारण सेयरमा परिवर्तन गरेको छ । बैंकको यस अघि भएको ७० प्रतिशत प्रमोटर सेयरमध्ये १९ प्रतिशत साधारण सेयरमा परिवर्तन गरेको नेप्सेलाई जानकरी दिएको छ ।

जसअनुसार बैंकको सेयर संरचाना प्रमोटर ५१ प्रतिशतमा झरेको छ भने साधारण सेयर ४९ प्रतिशत पुगेको छ । हाल बैंकले कुल २३ लाख ९३ हजार ८ सय ९ कित्ता सेयरलाई साधारण सेयरमा परिवर्तन गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL