Logo

राष्ट्र बैंकले ल्यायो पूर्नकर्जाको कार्यबिधी , सस्तो व्याजदरमा १० बर्षको समय सिमा

राष्ट्र बैंकले ल्यायो पूर्नकर्जाको कार्यबिधी , सस्तो व्याजदरमा १० बर्षको समय सिमा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

७ जेठ,काठमाडौं । नेपाल राष्ट्र बैंकले भुकम्प प्रभावित परिवारलाई आवासीय घर पुननिर्माण गर्न १० बर्षसम्मका लागि सस्तो ब्याजको पुनर्कजा दिने गरी कार्यविधीको मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले सर्वसाधारण र सरोकारवालाहरुको प्रतिकृया लिइ केही साताभित्रै अन्तिम कार्यविधी सार्वजनिक गर्ने जानकारी दिएको छ ।

मस्यौदामा उपत्यकाभित्रका घरपरिवारलाई २५ लाख तथा  उपत्यका वाहिरका लागि १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने छ ।

ऋणीको घर बस्न योग्य नभएको अवस्थामा मात्र यस्तो कर्जा उपलब्ध गराउने बताइएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले शुन्य प्रतिशत ब्याजमा उपलब्ध गराउने छ । त्यस्तै सर्वसाधारणले भने बैंकबाट यस्तो कर्जा सर्वसाधारणले वढीमा दुई प्रतिशतिमा पाउने छन् ।  कर्जा तोकिएको अवधिभन्दा अगाडी नै भुक्तानी गरेको अवस्थामा अग्रिम शुल्क नलाग्ने बताइएको छ ।

ऋणीले घर निर्माण राष्ट्रिय भवन संहिता तथा भूकम्प प्रतिरोधात्मक मापदण्डको पालना गर्नु पर्ने हुन्छ ।

सर्वसाधारणले ऋण लिनका लागि नगरपालिका, वडा वा गाविसजस्ता स्थानीय निकायबाट भुकम्प पिडित भइ आवासीय घर क्षतिग्रस्त भएको र ऋणीको परिवार अन्य कुनै आवासीय घर नभएको प्रमाण अनिवार्य रुपमा ल्याउनु पर्ने व्यवस्था छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL