Logo

प्रभुको नाफा ६९ करोड, खराब कर्जा घट्यो

प्रभुको नाफा ६९ करोड, खराब कर्जा घट्यो


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

५ जेठ, काठमाडौं । प्रभु बैंकले चालू आवको चैत मसान्तसम्ममा ६९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सो अवधिमा घाटामा भएको बैंक चालू आवको सोही अवधिमा आइपुग्दा उच्च नाफा गर्न सफल भएको हो ।

बैंकको खराव कर्जा उठेपनि नाफा उच्च रुपमा बढेको हो । गत आवको सो अवधिमा बैंकको खराव कर्जा कुल कर्जाको २३ दशमलव ७३ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा आइपुग्दा १० दशमलव ७८ प्रतिशतमा झारेको छ ।

यस्तै बैंकले कर्जा निक्षेप अनुपात पनि बढाएर झण्डै ७४ प्रतिशत पुर्याएको छ । बैंकले ुसो अवधिमा खुद व्याज आम्दानी झण्डै दोब्बरले बृद्धि गरेको छ । गत आवको सो अवधिमा बैंकले कुल ५४ करोड ७९ लाख व्याज आम्दानी गरेको थियो तर चालू आवमा १ अर्वभन्दा बढी व्याज आम्दानी गरेको छ ।

बैंकले हालसम्म साढे ३६ अर्व रुपैयाँ निक्षेप संकलन गरी २८ अर्व ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL